२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?

2K
Shares

काठमाडौं -डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३ गते सम्पन्न संचालक समिति आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिशत नगद नाभंश गरि कुल १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij