काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ वटा हाइड्रोपावर कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा चिलिमे हाइड्रोपावर लि. र सानिमा माई हाइड्रपावर लि.को बोनश शेयर सूचिकृत भएको हो ।
नेप्सेमा चिलिमे हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ७२ लाख ५८ हजार १ सय ८० कित्ता बोनश शेयर सूचिकृत भएको हो भने सानिमा माई हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ३० लाख ८९ हजार २ सय ५१ कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी कम्पनीको शेयर खरिद बिक्री गर्न पाउनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij