२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्सको नाफा ९६ प्रतिशत बढ्यो

सानिमा रिलायन्सको नाफा ९६ प्रतिशत बढ्यो

1.4K
Shares
काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको खुद नाफा ९६.४८ प्रतिशतले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा भने कम्पनीले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद बिमा शुल्क १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी ७४ करोड ४५ लाख रुपैयाँ रहेको छ । जसका कारण नाफामा सुधार आएको हो । बिमा कोषको आकार १६.३० प्रतिशतले बढेर १२ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।
यस्तै, रिटेन्ड अर्निङ शीर्षकमा ९२ करोड १५ लाख रुपैयाँ रहेको छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ १८ पैसाले घटेर १० रुपैयाँ ५० पैसा कायम भएको छ । हाल सानिमा रिलायन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij