काठमाडौं – मंगलबार सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij