काठमाडौं – ग्लोबल आइएमई क्यापिटलले भोलि अर्थात् फागुन १ गतेदेखि प्रभातकालिन काउण्टर संचालन गर्ने भएको छ । क्यापिटलले ग्राहकह तरुको हितथा सुविधालाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि प्रभातकालिन काउण्टर संचलान गर्ने भएको हो । उक्त काउण्टर सार्वजनिक बिदा र शनिबार बाहेक प्रत्येक दिन संचालन हुनेछ ।
उक्त समयमा हितग्राही खाता र मेरो शेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो शेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने, आफ्नो नाउँमा रहेको विभिन्न सूचीकृत कम्पनीहरुकोे भौतिक शेयर अभौतिकिकरण गरी डिम्याट खातामा जम्मा गर्ने लगायतका सुविधा हुनेछ ।
यस्तै, सेयर धितो रोक्का/फुकुवा गर्ने लगायतका सम्पूर्ण कार्य तथा यस कम्पनीले प्रदान गर्ने अन्य सेवा सुविधा सम्बन्धि आवश्यक जानकारी समेत प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij