काठमाडौं – साताको दोस्रो दिन सोमबार नेप्से उकालो लागेको छ । नेप्से परिसूचक १५.३३ अंकले बढेर आज २१०१.१६ विन्दुमा बन्द भएको छ।
आज ३१४ कम्पनीका १ करोड १ लाख ८ हजार १२२ कित्ता शेयर ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँमा किनबेच भएका छन्।
आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः २३ करोड २ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ३० लाख रुपैयाँ,
एनआईसी एसिया बैंकः १३ करोड ७७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सः ११ करोड ३७ लाख रुपैयाँ, सोनापुर मिनरल्सः १० करोड २७ लाख रुपैयाँ,
पिपुल्स पावरः ७ करोड १४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीः ६ करोड ६९ लाख रुपैयाँ, भिजन लुम्बिनी ऊर्जाः ५ करोड ९६ लाख रुपैयाँ, दोर्दी खोला जलविद्युतः ५ करोड ४४ लाख रुपैयाँ, ङादी ग्रुप पावरः ५ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij