२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँचवटा मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द

पाँचवटा मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द

1.2K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले पाँचवटा मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै पाँचवटा मनीचेन्जरको इजाजतपत्र रद्द गरिएको जानकारी गराएको हो। विभागका अनुसार काठमाडौंको वसन्तपुरस्थित फेयर मनी एक्सचेन्ज, क्षेत्रपाटीस्थित कैलाश मनी एक्सचेन्ज र लालदरबारस्थित रुट नेपाल मनी एक्सचेन्ज, भक्तापुरको तौमढीस्थित न्यातपोल मनी एक्सचेन्ज तथा रसुवाको गोसाइँकुण्डको टिमुरेस्थित ग्रेस मनी एक्सचेन्जको इजाजत रद्द गरिएको छ।

मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा रहेको व्यवस्थाबमोजिम नवीकरण नगरेकोले ती मनीचेन्जरको इजाजतपत्र रद्द गरिएको विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij