२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिन्चोक दर्शनको नाफा बढ्यो

कालिन्चोक दर्शनको नाफा बढ्यो

1.9K
Shares

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शन लिमिटेडको खुद नाफा ६.४० प्रतिशतले बढेर ६४ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आम्दानी बढेसँगै यसको नाफा बढेको हो ।

पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफा बढ्न पुगेको कम्पनीले जनाएको छ । एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लख ८३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij