काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ को विन्दुमा झरेको हो।
आज बजारमा ३०५ कम्पनीका १ करोड ५ लाख ७१ हजार १९९ कित्ता शेयर ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा किनबेच भएका छन्। यो दिन ९१ कम्पनीको शेयरभाउ बढ्दा १४८ वटाको घटेको छ भने ८ वटाको स्थिर रहेको छ।
आज उच्च कारोबार भएका १० कम्पनी हिमालयन रिइन्स्योरेन्सः ६२ करोड ४७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीः ९ करोड २३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकः ८ करोड ४२ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ८ करोड ३० लाख रुपैयाँ,
सगरमाथा जलविद्युतः ७ करोड ३५ लाख रुपैयाँ, दोर्दी खोला जलविद्युतः ६ करोड ६५ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ६ करोड ३० लाख रुपैयाँ,
शिवम सिमेन्टः ५ करोड ८७ लाख रुपैयाँ, त्रिशूली जलविद्युतः ५ करोड ६६ लाख रुपैयाँ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij