२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोल्टी होटेलको नाफा बढ्यो

सोल्टी होटेलको नाफा बढ्यो

650
Shares

काठमाडौं – सोल्टी होटेलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म सोल्टी होटेलले २६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म होटेलले २५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। होटेलको नाफा ४.६४ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा ३१ करोड ७९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ३० करोड ६२ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ३.८२ प्रतिशतले बढेको छ।

यो ६ महिनामा कम्पनीले सेवा प्रवाहबाट १ अर्ब ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ९.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष होटेलको आम्दानी ९६ करोड १ लाख रुपैयाँ थियो। चुक्तापुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको सोल्टी होटेलको रिटेन्ड अर्निङ र रिजर्भमा १ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा होटेलको रिटेन्ड अर्निङ र रिजर्भमा १ अर्ब १३ करोड ८१ लाख रुपैयाँ थियो।

होटेलको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २.९७ रुपैयाँ, पीई रेसियो १६०.२० गुणा र प्रतिशेयर नेटवर्थ २६.७८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij