२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट कुमारी सबल योजनाका इकाइहरु बिक्री खुला

आजबाट कुमारी सबल योजनाका इकाइहरु बिक्री खुला

1K
Shares

काठमाडौं -कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी सबल योजना’का इकाइहरुबाट माघ २८ गतेबाट बिक्री खुला गरिएको छ।
यस योजनाका प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरिएको हो। कुल इकाइमध्ये १ प्रतिशत अर्थात १० लाख इकाइ योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ।

बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरिएको छ। यस योजनामा न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
यो योजनाका इकाइ खरिदका लागि फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा फागुन १३ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ। बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाइ खरिद गर्न निवेदन प्राप्त भएमा इकाइको बाँडफाँड गर्न सकिनेछ। न्यूनतम संख्यामा इकाइ बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने जनाइएको छ।

यो योजनाको इकाइ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। यसमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij