२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोशी सरकार विस्तार, चार मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशी सरकार विस्तार, चार मन्त्री र दुई राज्यमन्त्री थपिए

755
Shares

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाए । सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाए । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भए । उनीहरु दुवै कांग्रेसका हुन् ।

माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बने । कार्कीले सामाजिक विकास र्र मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री छन् ।

६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij