काठमाडौं- आज शुक्रवारमा दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन डिस्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको कुल ५६ लाख ५८ हजार ४०७.५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा हिमालयन डिस्टिलरीको २४ लाख २९ हजार ५६६.६५ कित्ता, स्वावलम्बन लघुवित्तको १५ लाख ९५ हजार ४५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको १६ लाख ३३ हजार ७९५.८६ कित्ता शेयर रहेको छ।
यी तीनै कम्पनीले आर्थिक वर्ष २०७९÷८०मा शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। उक्त आर्थिक वर्षका लागि हिमालयन डिस्टिलरीले १० प्रतिशत, स्वावलम्बन लघुवित्तले १३.३६ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij