काठमाडौं – समृद्धि फाइनान्स कम्पनि लिमिटेडले माघ २५ गते प्राउड नेपाल आई टि सप्लायर्स प्रा.लि.पुतलिसडक, काठमाडौंसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले माघ २६ गतेबाट फागुन २५ गते सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्युआरच् प्रयोग गरि उक्त सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आई टि सम्बन्धित वस्तु खरिद गर्दा तथा मर्मतसंम्भार गर्दा भारी छुट पाउने छन् ।
यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट उप प्रमुख कार्यकारी अधिकृत गोकण प्रसाद दुवाडी र प्राउड नेपाल आई टि सप्लायसका तर्फबाट संस्थापक श्याम रेग्मीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।
फाइनान्सका सम्पुर्ण ग्राहकहरुले प्राउड नेपाल आई टि सप्लायर्स प्रा.लिमा मर्मतसंम्भारमा १५ प्रतिशत र कुनै पनि ब्रान्डका नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आई टि सम्बन्धित वस्तु खरिद गदा १ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij