२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न

800
Shares

काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको आज बसको सभाले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ ।

यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् ।

कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै सेयरधनीहरुले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij