काठमाडौं – महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले लम्साललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनलाई माघ २४ गतेबाट लागु हुनेगरी चार वर्षका लागि सिइओ पदमा नियुक्त गरेको हो । बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालिन सीईओ बोधराज देवकोटाले राजीनामा गरेपछि बैंकमा कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभब रहेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij