२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिउरी न्यादी पावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

सिउरी न्यादी पावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

1000
Shares

काठमाडौँ -सिउरी न्यादी पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।
निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा सिउरी न्यादी पावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध संचालक दिनेश गुरुङ्ग, प्रमुख कार्यकारी अधिकृत यज्ञ प्रसाद सुवेदी सहित प्रमुख वित्त अधिकृत कृष्ण लाल श्रेष्ठ तथा एनएमबि क्यापिटल लिमिटेडका कमल प्रसाद नेपाल तथा निशान लाल जोशीको उपस्थिति रहेको थियो ।

कम्पनीले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने लागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij