२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

योजना आयोगका नवनियुक्त सदस्य उमाशंकरले लिए शपथ

योजना आयोगका नवनियुक्त सदस्य उमाशंकरले लिए शपथ

945
Shares

काठमाडौं – राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष सदस्य उमाशंकरले पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

केही समयअघि आयोगको गठन आदेश संशोधन गरी एक सदस्य थप गर्ने निर्णय सरकारले गरेको थियो । नवनियुक्त सदस्य उमाशंकरको शपथसँगै आयोगले पूर्णता पाएको छ ।

रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् । यसअघि पनि आयोगको सदस्य भइसकेका उमाशंकर स्वास्थ्य बीमा बोर्डको पूर्वअध्यक्ष समेत हुन् । उमाशंकर प्रध्यापन पेसामा समेत सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij