काठमाडौं : ङादी ग्रुप पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ३२ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३५.६५ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले २ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।विद्युत बिक्रीबाट हुने आम्दानी ८ करोड ४२ लाखबाट बढेर ८ करोड १३ लाख रुपैयाँ पुगेको छ । वित्तीय खर्च २ करोड ६७ लाखबाट घटेर १ करोड २५ लाख रुपैयाँ कायम भएको छ । खर्च घट्दा र आम्दानी बढ्दा कम्पनीको नाफा पनि बढेको हो । ङादीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ९ करोड २१ लाख रुपैयाँ रहेको छ । अदर इक्विटी १ अर्ब २ करोड ७५ लाख रुपैयाँ बराबर छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ३ रुपैयाँ ५९ पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ४८ पैसा छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij