२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चिलिमे हाइड्रोको विद्युतको नाफा घट्यो

चिलिमे हाइड्रोको विद्युतको नाफा घट्यो

820
Shares

काठमाडौं – चिलिमे हाइड्रोपावर कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ५.५१ प्रतिशत घटेर ३७ करोड ८१ लख रुपैयाँ गरेको छ । गत वर्षके सोही अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो ।

६ महिनामा कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत घटेर ६१ करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्याको सोही अवधिमा कम्पनीले ६२ करोड ४८ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको वित्तीय आम्दानी १०.१५ प्रतिशत ८ करोड २० लाख रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ करोड १२ लाख रुपैयाँ थियो । यस्तै, कम्पनीको सञ्चालन नाफा ४ प्रतिशत घटेर ४० करोड ६४ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर ७ अर्ब ९८ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

नफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५६ रुपैयाँ घटेर ९.५० रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५५.२० गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij