२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाली बजारमा ओमोडा इ ५ सार्वजनिक

नेपाली बजारमा ओमोडा इ ५ सार्वजनिक

815
Shares

काठमाडौं -विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै एसपिजी अटोमोबाइल्सले ओमोडा इ५ गाडी नेपालमा सार्वजनिक गरेको छ। यसमा ६१ केडब्ल्यू (किलोवाटआवर) को ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ जसले ४३० किलोमिटरको (डब्ल्यूएलपिटी मानक) रेन्ज प्रदान गर्दछ।

ओमोडा इ५ गाडी फ्रन्ट–माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्यूटनमिटर टर्कद्वारा सञ्चालित हुन्छ। ५९ लाख ४९ लाख रूपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको ओमोडा इ५ अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ।

एलइडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन जस्ता विशेषताहरूद्वारा यो गाडी सम्पन्न रहेको छ। यसमा विभिन्न उन्नत ड्राइभर असिस्टेन्स सिस्टम सुविधा पनि रहेको कम्पनीले बताएको छ।
जसमध्ये लेन डिपार्चर वार्निङ र प्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमरजेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सि ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा १७ वटाभन्दा बढी अन्य एडिएएस सुरक्षा सुविधाहरू पर्दछन्।

यसको बाहिरी एक्स्टेरियरमा, एक्स–आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्रड मेट्रिक्स टेललाइट, टी–आकारको डेटाइम रनिङ हेडलाइटसहित अत्याधुनिक र मनमोहक डिजाइन छ। भित्र इन्टेरियरमा, २५६ रङको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटको वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ वटा एयरब्याग जस्ता सुविधा पाइन्छ, जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी र समृद्ध यात्रा अनुभव प्रदान गर्दछ।

यसको अर्को आकर्षण, २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij