२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

न्युजिल्यान्ड पठाउने आश्वासन दिएर साढे ११ लाख ठगेको आरोपमा दुईजना पक्राउ

न्युजिल्यान्ड पठाउने आश्वासन दिएर साढे ११ लाख ठगेको आरोपमा दुईजना पक्राउ

585
Shares

काठमाडौं – वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाउने आश्वासन दिएर ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–१ का ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही नगरपालिका वडा नम्बर ५ का ३३ वर्षीय टोपबहादुर सेजुवाल रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले खड्गराज गिरीसहित दुईजनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाउने आश्वासन दिएका थिए ।

उनीहरूविरुद्ध ११ लाख ५० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij