२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माई खोला हाइड्रोपावरको नाफा ७६ लाख

माई खोला हाइड्रोपावरको नाफा ७६ लाख

900
Shares

काठमाडौं- माई खोला हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २५.८० प्रतिशतले कम हुन हुन आउछ । गत आर्थिक वर्षको पुससम्म कम्पनीले १ करोड २ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो।

हाइड्रोपावरले पुससम्म ४ करोड ४३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको तथ्याकंमा उल्लेख छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ४ करोड ७३ लाख रुपैयाँको विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।

यसको वित्तीय खर्च २ करोड १ लाखबाट घटेर १ करोड ९७ लाख रुपैयाँमा झरेको छ । हाल माई खोलाको चक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ७६ लाख ८५ हजार रुपैयाँ जम्मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij