२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल हाइड्रोपावरको नाफा बढ्यो

नेशनल हाइड्रोपावरको नाफा बढ्यो

1K
Shares

काठमाडौं– नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसर कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ भने खुद नाफा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५ करोड ५८ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २०.१७ प्रतिशत बढेर ८८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा १८ पैसा घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ८९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ पैसा मात्र रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३० गुणा रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूाजी २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ४ करोड ५९ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij