काठमाडौं – यती एयरलाइन्सले दुईवटा एटीआर ७२–५०० विमान थप गरेको छ । विमान बिहीबार अपराह्न ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरिद गरेको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० वायुयानको संख्या सात पुगेको छ ।
थप गरिएको वायुयानले नेपाली रजिस्ट्रेसन ९एन–एओएफ र ९ एन–एओएच पाएको कम्पनीले जनाएको छ ।
सन् २०२४ भित्रै थप तीनवटा जहाज ल्याएर १० वटा पुर्याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गदै यात्रुहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने कम्पनिले जनाएको छ ।
यती एयरलाइन्स हालै एसियन लाइफ इन्स्योरेन्सलाई लगानीकर्ताको रूपमा भित्र्याएको छ । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । हाल यतीले नेपालको सुगम गन्तव्यहरू काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानहरू गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij