२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरी र थापा चिरायु अस्पताल भर्ना

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरी र थापा चिरायु अस्पताल भर्ना

2K
Shares

काठमाडौं – काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा चिरायु अस्पताल भर्ना भएका छन् ।

जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । स्वास्थ्यमा समस्या देखिएको भन्दै उनीहरुलाई महराजगञ्जस्थित अस्पताल भर्ना गरिएको प्रहरीले स्रोतले जानकारी दिएको छ । । पक्राउ परेकामध्ये थापा ८२ वर्षका छन् । उनको मुटुको समस्या छ । चौधरीलाई पनि रक्तचापको समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको हो ।

यही प्रकरणमा अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ परेका छन् । उनलाई भोलि (शुक्रबार) अदालतमा उपस्थित गराएर म्याद थप गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij