२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपकार लघुवित्तको लकइन अवधि आगामी वैशाख सम्म रहने

उपकार लघुवित्तको लकइन अवधि आगामी वैशाख सम्म रहने

960
Shares

काठमाडौं -उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तर्फको शेयरको लकइन अवधि सम्बन्धमा भुलसुधार गरेको छ । यस अघि माघ १६ गतेदेखि संस्थापक तर्फको शेयरको लइकन सकिएको जानकारी गराएको कम्पनीले पुनः सूचना जारी गरेर २०८२ साल वैशाख ८ गतेसम्म लकइन अवधि रहेको जानकारी दिएको हो ।

यस कम्पनीले २०७८ साल चैत २५ गतेदेखि चैत ३० गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी २०७९ साल वैशाख ९ गते बाँडफाँट गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन , २०७३ को व्यवस्था बमोजिम पाँच वर्षसम्म लकइनमा राखिएकोमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम अन्य समूहको धितोपत्र सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको मितिलिे तीन वर्ष अवधिसम्म लकइनमा राख्नुपर्ने व्यवस्था बमोजिम २०८२ साल वैशाख ९ गतेदेखि कम्पनीको संस्थापक तर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत शेयर स्वामित्व रहेको छ । दोस्रो बजारमा कम्पनीको १० लाख ६१ हजार ४८२ कित्ता शेयर सूचीकृत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij