२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विन्ध्यवासिनी हाइड्रोपावरको नाफा घट्यो

विन्ध्यवासिनी हाइड्रोपावरको नाफा घट्यो

790
Shares

काठमाडौं – विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ७९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

banner ads
गत वर्ष यस अवधिसम्म ११ करोड २६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष कम खुद नाफा गरेको हो । विद्युत विक्री आम्दानी बढेपनि वित्तीय खर्च बढ्दा कम्पनीको खुद नाफामा असर परेको हो ।

गत वर्ष १६ करोड १६ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष २४ करोड ७३ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । गत वर्ष ६ करोड ९४ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ७ करोड ८ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने १७ करोड ६८ लाख रूपैयाँभन्दा बढी रहेको छ । प्रतिशेयर आम्दानी ८ रूपैयाँ ३७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५०६ रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij