२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिहीबारदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० हुने

बिहीबारदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० हुने

600
Shares

काठमाडाैँ- नेपाल नवौं बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि हुँदै छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लिको संयुक्त आयोजनामा बिहीबारदेखि आउँदो २१ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो।

निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रका नवीनतम प्रविधिबारे जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउने उद्देश्यले नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी वगत ८ वर्ष देखि हुँदै आइरहेको छ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्राण्डका १५० भन्दा बढी स्टल रहनेछन्। निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन यो प्रदर्शनी ८ वर्षदेखि कोसेढुङ्गा सावित हुँदै आएको कम्पनीले जनाएको छ।

यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टरस, विल्डरस, डिजाइनरहरु, घर बनाउन चाहनेव्यक्ति तथा आमनागरिकको सहभागिता रहने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij