२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राप्ती हाइड्रोले हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

राप्ती हाइड्रोले हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

765
Shares

काठमाडौं – राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर ल्याउने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ १ः१ अनुपातमा हकप्रद शेयर ल्याउने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्ने छ। राप्ती हाइड्रोले हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij