२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भूठानको छायाँकन सम्पन्न

भूठानको छायाँकन सम्पन्न

830
Shares

काठमाडौं– नेपालीमा “भूठान” र अंग्रेजीमा “द वर्ल्डस् ह्यापियस्ट म्यान” छुट्टाछुट्टै नाम रहेको “वुलवुल” निर्देशक विनोदपौडेल द्वरा निर्देशित पहिलो हलिउड नेपाली चलचित्रको सम्पूर्ण छायांकन हालै सकिएको छ । यसमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ्ग राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य साथै भारत बाट अनुराधा मजुमदार तथा अमेरिका बाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डन लगायत विभिन्न कलाकारहरु जोडिएका छन् । सांघुरोका निर्देशक जोयश पाण्डे र नेपाली नाट्य क्षेत्रका सफल व्यतित्व विमल सुवेदी पनि यस चलचित्रमा अभिनेताका रुपमा पनि देखिने भएका छन् ।
विगत पाँच वर्ष देखिको निरन्तर प्रयासपछि हालै सम्पन्न भएको यो चलचित्र, हलिउडकै अन्तराष्ट््रीय मान्यता र मापदण्डमा रहेर बनाइएको हो । “यो नेपालको लागि पहिलो यूनियन (स्याग) चलचित्र हुनेछ । यसमा बु्रश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि जोडिएका छन्, जसले गर्दा यस चलचित्रको प्रविधिक पक्ष अत्यन्तैै सबल रहेको र कथा पनि विश्वले आत्मसात गर्ने भएकोले यो चलचित्र मार्फत हामी विश्वबजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं जुन सम्पूण नेपाल र नेपालीको गर्वको कुरा हो”, लेखक, निर्दैशक पौडेल बताउँछन् ।
म्याड मंकी फिल्मस्ले निर्माण गरेको यस चलचित्रमा, हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कंपनिले सहकार्य गरेकाछन् । यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा रहेका छन् ।
यो चलचित्र २०२४ को अन्त्य सम्म दर्शक सामु ल्याउने र विश्वव्यापी रुपमा प्रदर्शन गर्ने योजना रहेकोे जानकारी यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी , रमेश भट्ट र अपार श्रेष्ठले दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij