२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पृथ्बीया थापाले जितिन् मिसेस वर्ल्डमा ह्युमनिटेरियन अवार्ड

पृथ्बीया थापाले जितिन् मिसेस वर्ल्डमा ह्युमनिटेरियन अवार्ड

3.5K
Shares

काठमाडौं– अमेरिकाको लास भेगासमा सम्पन्न ‘मिसेस वर्ल्ड–२०२३’को उपाधि जर्मनी महिला जुलिया क्यारोलिनले जितेकी छिन् । विश्वका ५७ भन्दा बढी देशका महिलाहरुको सहभागिता रहेको यो प्रतियोगिताको अन्तिम चरण लागि विभिन्न ३८ देशका महिलाहरुले प्रवेश पाएका थिए । यिनै ३८ देशका महिलाबाट जुलियाले यो उपाधि जितेकी हुन् । मेडिकल डक्टर समेत रहेकी जुलियाले बालबालिका र जेष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छिन् ।

यो प्रतियोगिताको सेमि फाईनलसम्म पुगेको नेपालको पोल्टामा ह्युमनिटेरियन अवार्ड परेको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी मिसेस नेपाल वल्र्ड पृथ्बीया थापाले मिसेस वल्र्डमा ह्युमनिटेरियन अवार्ड जितेकी हुन् । मिसेस वल्र्डमा शिर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा आफुले ह्युमनिटेरियन जित्न सफल भएको पृथ्वीयाले बताएकी छिन् ।

‘निकै ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपधि दिलाउन सक्नुलाई मैले एउटा ठुलै सफलताको रुपमा लिएको छु । आउँदा दिनमा हामीले अझ तयारी गरेमा मिसेस वल्र्डको उपाधि जित्न पनि सकिन्छ ।’ पृथ्वीयाले सम्बादमा भनिन् । उनी उपाधि सहित यसै साता नेपाल आउँदै छिन् ।

मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफुहरुले ठुलो सफलताको रुपमा लिएका छन्,‘मिसेस वल्र्डमा हामीले भाग लिएको यो दोश्रो पटक हो । दोश्रो पटकमै एउटा मुख्य अवार्ड हाँसिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij