काठमाडौं – श्वेत –गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख ५१ हजार कित्ता संस्थापक शेयरको लकइन फागुन २ गतेबाट सकिने भएको छ
कम्पनीको संस्थापक शेयरधनीको रूपमा रहेको डोल्मा इम्प्याक्ट–आईको स्वामित्वमा रहेको उक्त शेयर खरीदविक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का थियो ।
एक वर्षसम्म रोक्का रहने व्यवस्थाबमोजिम रोक्का रहेको उक्त शेयरको लइकन फागुन २ गतेदेखि सकिने जानकारी कम्पनीले दिएको छ ।
उक्त संस्थाबाट यस कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका प्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएको र फागुन ३ गतेदेखि लागू हुने गरी उक्त राजीनामालाई समेत कम्पनीले स्वीकृत गरेको जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij