काठमाडौं – सोमबार नेप्सेमा सूचीकृत १५० कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकताएले कमाएका छन् । आज युनियन, अरुण भ्याली र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य पोजेटिभ सर्किट लेभलमा बढेको हो । यस दिन बिन्ध्यावासिनी हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर र समाज लघुवित्तको शेयरमूल्य क्रमशः ८.७०, ८.४३ र ८.२० प्रतिशतले बढेको छ ।
त्यस्तै, कालिका पावर कम्पनी, युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर र पाँचथर पावर कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij