२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोटलर्स नेपालको लाभांश सेयरधनीको बैंक खातामा जम्मा

बोटलर्स नेपालको लाभांश सेयरधनीको बैंक खातामा जम्मा

795
Shares

काठमाडौं – बोटलर्स नेपाल तराई लिमिटेडले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांश पुस २९ गतेदेखि शेयरधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएसमार्फत जम्मा गरेको जनाएको छ ।

बैंक विवरण अद्यावधिक गर्न गराउन बाँकी रहेका योग्य शेयरधनीले लाभांश रकम हितग्राही खातामा बैंक खातासम्बन्धी विवरण अद्यावधिक गराएपछि मात्र उनीहरूको लाभांश रकम जम्मा हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले लाभांश रकम शेयरधनीको बैंक खातामा आईपीएसमार्फत जम्मा गर्दा लाग्ने शुल्क सम्बन्धित शेयरधनीले नै व्यहोर्नु पर्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij