२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

1.2K
Shares

काठमाडौं – सहकारी ठगी प्रकरणमा जोडिएका जीबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सहकारी ठगीको मुद्दामा राईविरुद्ध शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पुस ५ गते प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो ।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजि कार्य गर्ने छन् । उनी ति देशमा फेला परेपछि नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ ।

ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका जिबी राईविरूद्ध कास्कीमा मात्रै १९ हजार भन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij