२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भृकुटीमण्डपमा ‘छैठौं नेपाल एग्रीटेक’ प्रदर्शनी (फोटो फिचर)

भृकुटीमण्डपमा ‘छैठौं नेपाल एग्रीटेक’ प्रदर्शनी (फोटो फिचर)

1.6K
Shares

काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा ३ दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी बृहत् प्रदर्शनी सुरु भएको छ । १२ देखि १४ गते सम्म सञ्चालन हुने सो मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषि यन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको छ।

छैटौँ कृषि सम्बन्धी बृहत् प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।

मेलामा १०० बढी स्टल छन् । तीन दिनको मेलामा १ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । कृषिको प्रदर्शनी मेला कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायत विभिन्न सङ्घसंस्थाले आयोजना गरेका हुन् ।

मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा प्रदर्शनी तथा व्यापार सेवा भारत प्रा.लीद्वारा संयुक्त रूपमा आयोजित यो प्रदर्शनीमा विभिन्न कम्पनीका कृषिसम्बन्धी प्रडक्टहरू रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij