२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मारुती सिमेन्ट प्रिमियममा आईपीओ निष्कासन गर्दै

मारुती सिमेन्ट प्रिमियममा आईपीओ निष्कासन गर्दै

1.3K
Shares

काठमाण्डौ-मारुती सिमेन्ट्स लिमीटेडले प्रिमियमा आईपीओ निश्कासनको माग सहित धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर कुल प्रतिकित्ता २७७ रुपैयाँको दरले आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निश्कासनको माग गरेको हो । कम्पनीले १ करोड १६ लाख कित्ता सेयर निश्कासन गर्न लागेका जनाएको छ ।

प्रिमियम मूल्यसहित कम्पनीले कुल ३ अर्ब २१ करोड ३२ लाखको सेयर निश्कासन गर्न लागेको हो । कम्पनीले प्रिमियमको रुपमा सर्वसाधारणबाट २ अर्ब ५ करोडभन्दा बढी रकम संकलन गर्ने भएको छ ।

बोर्डले कम्पनीको आईपीओ आवेदनलाई प्रिमिलिनरी रिभ्यूको सूचीमा राखेको छ । यस कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नवील इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij