२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रियसभामा १९ जना नयाँ सदस्य निर्वाचित (नामावलीसहित)

राष्ट्रियसभामा १९ जना नयाँ सदस्य निर्वाचित (नामावलीसहित)

855
Shares

काठमाडौं – राष्ट्रियसभामा बिहीबार १९ जना निर्वाचित भएका छन् । २०८० फागुन फागुन २१ गतेबाट एक मनोनीतसहित २० सदस्यको पदावधि सकिन लागेपछि बिहीबार निर्वाचन भएको हो । राष्ट्रिय सभा निर्वाचनमा निर्वाचन आयोगका अनुसार १९ सिटका लागि बिहीबार भएको ५२ जना उम्मेदवार थिए। सत्ता गठबन्धनले सबै प्रदेश र एमाले-राप्रपाले कोशी प्रदेशमा तालमेल गरेका थिए।

मत परिणामअनुसार कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवार विजयी भए। कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन्। मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन्।

बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भए।
गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन्। लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।

कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् भने सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्दले चुनाव जितेका छन्।

फागुन २१ गतेबाट राष्ट्रियसभामा दलीय हैसियत हेरफेर हुनेछ । माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा पुग्नेछ । माओवादी मनोनीत र राष्ट्रियसभा उपाध्यक्षसहित १८ सदस्यसहित पहिलो दल हुनेछ । कांग्रेस १६ सिटसहित दोस्रो दल हुनेछ । एमाले १० सिटसहित तेस्रो दलको रुपमा बन्नेछ । त्यसरी नै एकीकृत समाजवादी ८ सिटसहित चौथो हुनेछ ।

जसपा ३, लोसपा १, राष्ट्रिय जनमोर्चा १ सदस्य हुनेछन् । एकजना राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम रहेका छन् । सत्ता गठबन्धनले बाँकी रहेको मनोनीत जनमोर्चालाई दिए उसको दुई सिट हुनेछ । यसरी राष्ट्रियसभामा सात दल कायम रहने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij