काठमाडौं– बलात्कार मुद्दामा फरार रहेका व्यक्ति कतारबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ। इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएका व्यक्तिलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँ छन्। एक महिलामाथि बलात्कार गरेकोआरोप उनीमाथि छ।
उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई बिहीबार काठमाडौं ल्याइएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij