काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेतको शारदा नगरपालिका–१५ स्थित माल्नेटामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो ।
त्यस्तै बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका–६ स्थित शैलेश्वरी उच्च माध्यमिक विद्यालयको शौचालय निर्माणमा र बागमती प्रदेशको काठमाडौं महानगरपालिका–४ लम्टंगिनस्थित पञ्चकन्या आधारभूत विद्यालयको सभाहल निर्माण गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न संघसंस्थासँगको समन्वयमा स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रमा काम गर्दै आएको बताइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij