२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निलगिरी खोला हाइड्रोपावरको साधारण सभा आब्हान

निलगिरी खोला हाइड्रोपावरको साधारण सभा आब्हान

785
Shares

काठमाडौं – निलगिरी खोला हाइड्रोपावरले आइपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुन ४ गते वार्षिक साधारण सभा गर्ने जानकारी दिएको छ । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो ।

सभामा आइपीओ निष्कासन गर्ने, कम्पनीले निष्कासन गर्ने आईपीओमा सर्वसाधारणलाई छुट्टाइने सेयर प्रतिशत संशोधन गरी पारित गर्ने एजेण्डा रहेको छ ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij