काठमाडौं – आज बिहिबार सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij