काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ। गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा आयोगले पौडेलद्वयलाई पक्राउ गरेको हो ।
अख्तियारले असोज १५ गते सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरिसकेको छ भने २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
फेरि उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको र अख्तियारले बयानका लागि बोलाउँदा उपस्थिति नभएपछि पक्राउ गरिएको जनाइएको छ । अख्तियारले दुवै जनालाई बिहीबार विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij