२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भगवती र चिलिमे हाइड्रोपावरको नगद लाभांश सेयरधनीको खातामा जम्मा

भगवती र चिलिमे हाइड्रोपावरको नगद लाभांश सेयरधनीको खातामा जम्मा

2.4K
Shares

काठमाडौं । दुई जलविद्युत कम्पनीहरुले नगल लाभांश वितरण सुरु गरेका छन् । चिलिमे र भगवती हाइड्रोपावर कम्पनीले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको हो ।

छुट्टाछुट्टै सूचना प्रकाशित गरि यी दुवै बैंकहरुले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको जानकारी गराएका छन् । चिलिमेको पुस २० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यता, भगवतीको पुस २४ गते सम्पन्न सभाले कर सहित १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही लाभांश सम्वन्धित सेयरधनीहरुको खातामा पठाइएको कम्पनीहरुले जनाएका छन् ।

हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको सूचनामा उल्लेख छ । डिम्याट खाता र बैंक खाता अद्दावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्दावधिक गर्न पनि आग्रह गरेका छन् । त्यसपछि मात्र खातामा नगद लाभांश आउने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij