२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

काबेली बी–१ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु

काबेली बी–१ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु

820
Shares

काठमाडौं – अरुण काबेली पावरले सात महिना पछि पुनः विद्युत उत्पादन शुरु गरेको छ । गत जेठ ३२ गतेदेखि बन्द भएको काबेली बी १ जलविद्युत आयोजनाको विद्युत उत्पादन माघ १० गतेदेखि पुनः सञ्चालनमा आएको हो । कम्पनीले पाँचथर तथा ताप्लेजुङ्ग जिल्लाहरुको सिमाना भएर बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गर्दै आएको छ ।

पूर्वी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनाको विभिन्न संरचनाहरुमा क्षति भएकाले उक्त आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो । हाल सोको मर्मत तथा संभार भएकोले कम्पनीले पुनः सञ्चालनमा ल्याएको र विद्युत उत्पादन पुनः शुरु गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij