काठमाडौ – १५ वर्षअघि भएको हत्याको घटनामा नेकपा माओवादीको निकट अखिल (क्रान्तिकारी)कि अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दियो।
२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो।
हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो।
टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij