२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज शेयर बजारमा उच्च कारोबार भएका यी हुन १० कम्पनी

आज शेयर बजारमा उच्च कारोबार भएका यी हुन १० कम्पनी

2.1K
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २५.६३ अंकले घटेर २१३०.१८ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा ६४ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने १७७ वटाको ओरालो लागेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज शेयर बजारमा ७ अर्ब ६७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। रिइन्स्योरेन्सः ५६ करोड ७९ लाख रुपैयाँ रहेको छ । अन्य कम्पनीमा हिमाल दोलखा हाइड्रोपावरः २२ करोड ९१ लाख रुपैयाँ, अपी पावरः २० करोड ८२ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीः २० करोड १३ लाख रुपैयाँ, सोनापुर मिनरल्सः १९ करोड ८८ लाख रुपैयाँ, ङादी ग्रुप पावरः १७ करोड ७८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरः १७ करोड ६७ लाख रुपैयाँ, अरुण काबेली पावरः १७ करोड ३२ लाख रुपैयाँ, लिबर्टी इनर्जीः १४ करोड ९१ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः १४ करोड ३७ लाख रुपैयाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij