२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साइन रेसुङ्गाको वितरणयोग्य मुनाफा बढ्यो

साइन रेसुङ्गाको वितरणयोग्य मुनाफा बढ्यो

1.4K
Shares

काठमाडौं – साइन रेसुंगा डेभलपमेन्ट बैंकले ६ करोड ७४ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड २८ लाख रहेको वितरणयोग्य मुनाफा घटे पनि धेरै बैंकहरुको ऋणात्मक हुँदा साइनको भने धनात्मक देखिएको हो ।

बैंकको खूद मुनाफा घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म ४२ करोड ९६ लाख रहेको मुनाफा घटेर यो वर्ष ३७ करोडमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्ष ६१ करोड ७० लाख रहेको सञ्चालन मुनाफा पनि घटेर यो वर्ष ५९ करोड ३० लाखमा सीमित बन्न पुगेको छ ।

बैंकको अघिल्लो वर्षको तुलनामा व्यवसायमा सामान्य संकुचन आउँदा खूद ब्याज आम्दानी पनि थोरै घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ५ करोड बढी रहेको यस्तो आम्दानी घटेर यो वर्ष १ अर्ब ४ करोड देखिएको हो ।

बैंकको अघिल्लो वर्षको यही अवधिसम्म १.३१ प्रतिशतमा सीमित खराब कर्जा बढेर यो वर्ष २.६२ प्रतिशत बढेको छ । यही कारण बैंकले इम्पेयरमेन्ट चार्जको रुपमा १४ करोड ५२ लाख बढी छुट्याएको छ ।

नाफा घटेका कारण अघिल्लो वर्ष २०.०६ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी १५.६८ रुपैयाँमा सीमित बन्न पुगेको छ भने रिटर्न अन इक्वीटी पनि १३.९१ प्रतिशतबाट घटेर ११.१४ प्रतिशतमा सीमित भएको छ।

दोश्रो त्रैमाससम्मको बैंकको मूल्य आम्दानी अनुपात २५.३८ गुणा, प्रतिसेयर नेटवर्थ १३८.६८ रुपैयाँ, तरलता अनुपात २२.९५ प्रतिशत र पूँजीकोष अनुपात १२.४९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij