२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार नियुक्त

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार नियुक्त

2.4K
Shares

काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार नियुक्त भएका छन्। परियार यसअघि राष्ट्रिय योजना आयोगमा कार्यरत थिए। उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो।

मेयर बालेन्द्र शाहले परियारसहित तीनजनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए। सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौंको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको हो।

काठमाडौं महानगर केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन थियो। प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीमाथि छानबिन भइरहेको छ। नगरसभाले गरेको निर्णयविरुद्ध कर्मचारी भर्तीमा कीर्ते गरेको पाइएपछि अधिकारीमाथि सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij